पोखरामा जुवातास खेलिरहेका आठ जना पक्राउ, झण्डै डेढ लाख बरामद


कास्की – पोखरा महानगरपालिका–१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा हिजो आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर ९जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने० सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया