फेसबुकबाट ५० हजार तलब दिने जागिरको प्रचार, १७ लाख उठाएर फरार


काठमाडौं– खोटाङ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय हिमाल राईले चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका ठाउँमा ‘भिजनरी ड्रिमी प्रालि’ सञ्चालन गरेका थिए । उनले तिनै कम्पनीमा कामदार आवश्यक परेको र तलब मासिक ५० हजार रुपैयाँ हुने भन्दै फेसबुकमा विज्ञापन गरे ।

तर, त्यो अगाडि सीप सिक्नुपर्ने भन्दै उनले विज्ञापनमार्फत सम्पर्कमा आएका व्यक्तिबाट प्रति व्यक्ति एक लाख १३ हजार रुपैयाँ उठाए । त्यसरी उनले १५ जनाबाट कूल १६ लाख ९५ हजार रुपैयाँ रकम उठाए । तर, तालिम नै नदिएर कार्यालय बन्द गरेर फरार भए ।

त्यसपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले राईलाई शुक्रवार पक्राउ गरिएको छ ।

फेसबुकमा विज्ञापन राखेर ‘नेटवर्किङ’ मार्फत काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ नगरपालिका चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया