
चेक बाउन्सको आरोपमा एक व्यक्ति पक्राउ
खोटाङ- चेक बाउन्सको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङ कानेपोखरी गाउापालिका–१ का ३७ वर्षीय सुवास न्यौपानेलाई पक्राउ गरेको हो ।
न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिको क्रसर र जेनेरेटर मेसिन वापतको १५ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको चेकमार्फत् दिएको र बैंकमा साट्न जाँदा रकम नभएको भन्दै उजुरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।



कागजपत्र |
