व्यापारीलाई ज्यान मार्ने धम्की दिएर पैसा माग्ने श्रीभगवान पक्राउ


काठमाडौं- व्यापारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह पक्राउ परेका हुन् ।

एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आपराधिक लाभ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया