

मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मनोजको मृत्यु

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका–११ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१०५००१ प ७४३० नम्बरको मोटरसाइकल बिहीबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक २२ बर्षीय ज्ञानेन्द्र मलाह घाइते भएका छन् । उनलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ।

