युएइमा गाडी दुर्घटनामा हुँदा एक नेपालीको मृत्यु


काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएइ) मा गाडी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । रोजगारीको शिलशिलामा एक महिना अगाडी मात्रै युएइ पुगेका बैतडीका जगदीश महराको मृत्यु भएको हो ।

पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपुर महरा गाउँ घर भएका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले जानकारी दिए ।

 

प्रतिक्रिया