

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने बुढाथोकी पक्राउ

काठमाडौं– रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ घर भई काठमाडौंको बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।
उनले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार असनमाबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

