

झापामा १४ वर्षीया किशोरी बलात्कृत, विक पक्राउ

झापा- १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका(९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।
विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

