मःम पसलमा जागिर लगाइदिने भन्दै मिर्गौला निकालेर बेच्ने दर्जी पक्राउ


काठमाडौं- मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । नुवाकोट बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनले भारत कलकत्तामा मःम पसलमा जागिर लगाइदिन्छु भन्दै एक पीठितलाई नुवाकोटबाट भारतको कलकत्ता पुर्‍याएका थिए । त्यसपछि पीडितलाई झुक्याएर अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए ।

त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया