


चोरीमा संलग्न रहेका दुई जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार जिल्ला काभ्रेपलाञ्चोक तिमाल – ३ घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं। १७ ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने बर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमीका भुवन श्रेष्ठ र चितवन अयोध्यापुरी घर भई हाल काठमाडौंको बाफल बस्ने राजकुमार विश्वकर्मालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट चोरीको लागि प्रयोग भएको स्कुटर, कालो लेदरको झोला, स्वरुप परिवर्तन गरिएको सुन, जिम गर्ने डोरी र बुद्धचित्त जस्तो देखिने गोलो दाना पनि बरामद गरिएको छ ।
उनीहलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको पनि कार्यालयले जनाएको छ ।

