


नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा गएका अर्यालको मृत्यु

काठमाडाैं- रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो ।
युक्रेनसँगको युद्धमा अर्यालको १२ पुसमा मृत्यु भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।
नेपाली सेनामा ३ वर्ष जागिर गरेपछि उनी करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए ।

