


९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय

दैलेख- जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद सजाय सुनाइएको हो ।
न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको हो ।
बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बताए ।
बालिकालाई बलात्कार गरेको आरोपामा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

