


जनतामा आशाको झिल्को देखियो : प्रवक्ता सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको बताएकाे छ ।
चार महिने अभियान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले साे कुरा बताएका हुन् ।
उनले भने, ‘जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको छ । आशाको झिल्को देखिएको छ, संगठन बनेका ठाउँमा सक्रिय भएका छन् नभएका ठाउँमा बनेका छन् । केही पलायन भएपछि अभियानको क्रममा उल्लेख्य संख्यामा पार्टी प्रवेश गरेका छन् ।’
उनले अभियानको क्रममा पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जवरजस्त आधार तय भएको बताए ।
सापकोटाले भने, ‘हामीले विधान, नियमावलीअनुसार चल्नुपर्छ भन्ने माग छ । आन्तरिक निर्देशनअनुसार चल्नुपर्छ भन्ने कुरा उठाएका छन् । त्यसैले कहाँ कमी भयो कसले माग गर्यो भन्ने मूल्यांकनको आधार तयार भएका छन् । हामीलाई पनि नयाँ ढंगले जान सजिलो भएको छ ।’
उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए ।

