
ब्राउन सुगर र चरेससहित उदयपुरबाट एक जना पक्राउ
उदयपुर – उदयपुरबाट विभिन्न लागूऔषध सहित १ जना पक्राउ परेका छन् ।
उदयपुरको बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेटसहित चौडण्डीगढी नगरपालिका-१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
