अध्यागमन अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा


काठमाडौं– नेपालीलाई गैर कानुनी रुपमा रुसी सेनामा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ ।

अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, मोरङको बेलबारी नगरपालिका–११ घर भएका ३२ वर्षीय रबीन घिमिरे र मोरङकै सुन्दरहरैचा नगरपालिका–११ का गोविन्द रिमालविरुद्ध मुद्धा दायर गरिएको हो । यस्तै तेह्रथुमको मेन्छायाम गाउँपालिका– ५ का ३२ वर्षीय शंकर ल्म्बिूविरुद्ध पनि जिल्ला अदालत काठमाडौं मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ ।

यी ४ जना मिलेर नेपाल प्रहरीकै एक बहालवाला कर्मचारीलाई रसिया पुर्‍याएर रसियन आर्मीमा भर्ना गराएको आरोप लागेको छ ।

रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले १४ जनालाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया