मिस हङकङ नेपालको उपाधि अञ्जना पुनलाई


काठमाडौं- मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन्। उनलाई मिस नेपाल इन्टरनेसनल २०१२ की प्रियन्का रानी जोशीले ताज पहिराइदिएकी थिइन्।

सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए ।

यो प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ ।

प्रतिक्रिया