त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भन्यो– सीसीटीभी फुटेजकाे क्षमता ६१ दिनको बनाइएकाे छ


काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभी फुटेज २१ दिनको मात्रै भेटिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

गत मंसिर २१ गते विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि सो सुनको छानबिन गर्न गठित समितिले अनुसन्धानका क्रममा विमानस्थलको सीसीटीभी फुटेज २१ दिनको मात्रै भेटिएको जनाएको थियो ।

सोही विषयलाई लिएर त्रिअवि नागरिक उड्डयन कार्यालयले स्टोरेज क्षमता विस्तारको कार्य जारी रहेकाले तीन महिनाको सीसीटीभी फुटेज उपलब्ध गराउन नसकेको स्पष्ट पारेको छ । नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक प्रताप बाबु तिवारीले स्टोरेजको क्षमता विस्तारको काम भइरहेकाले तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले ६१ दिनको सीसीटीभी फुटेज उपलब्ध गराउन सकिने बताएका छन् ।

‘सबै सिसिटिभिको स्टोरेज २१ दिन मात्र भएको भनी प्रतिवेदन र समाचारमा आएको विषयमा त्यस समयमा क्षमता विस्तारको कार्य सुरु गरेको नै तीन महिना नभएकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमताको भइसकेको छ भने बाँकीको पनि क्रमशः बढ्ने क्रममा छ’, कार्यालयले भनेको छ ।

प्रतिक्रिया