

‘सलार’ बन्यो यो वर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म

काठमाडाैं- प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ ले आक्रामक ओपनिङ गरेको छ । यस फिल्मले पहिलो दिन विश्वभर १७८ करोड ७० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ ।
घरेलु बक्सअफिसमा पनि ‘सलारः पार्ट १ सीज फायर’ ले बम्पर ओपनिङ गरेको छ । भारतभरि सबै भाषामा ९३ करोड ४५ लाख कमाई गरेको छ ।
जसमध्ये तेलुगतर्फको कमाई ६९.५ करोड रुपैयाँ हो । पहिलो दिनको कलेक्सनले ‘सलार’ सन् २०२३ को सबैभन्दा ठूलो ओपनर बनेको छ ।
विश्वभरबाट २५७ करोड कमाउँदै ‘आरआरआर’ पहिलो नम्बरमा छ भने २१७ करोड कमाएर ‘बाहुबली २’ दोस्रो नम्बरमा छ । यी दुवै फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन् ।

