

निगमका अर्का अधिकृत पनि पक्राउ
भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न यादव विमानस्थलबाटै पक्राउ

काठमाडाैं – नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका अर्का एक जना अधिकृत पनि पक्राउ परेका छन् ।
भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा निगमका अधिकृत अरबिन्द यादव पक्राउ परेका हुन् । उनलाई बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ ।
त्यसअघि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले विमानस्थलमा कार्यरत होमनाथ पोखरेललाई हिजो (मंगलबार) नियन्त्रणमा लिएको थियो ।
उनीहरुको भिजिट भिसामा कामदार पठाउने गिरोहमा संलग्नता देखिएको हो । नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये निगमका विश्वनाथ कोइराला पनि हुन् ।

