संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त


काठमाडौँ – पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २ को खण्ड (ढ) तथा राष्ट्रिय सभा नियमावली २०७९ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई संसदको कार्यवाहक महासचिव तोकिएको हो।

प्रतिक्रिया