अमेरिका पठाइदिने भन्दै ठगी गर्ने अभिषेक पक्राउ


काठमाडौं- अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–६ का ३० वर्षीय अभिषेक श्रेष्ठ लाई प्रहरीले लगनखेलबाट पक्राउ गरेको हो ।

उनी ललितपुरको गोदावरी नगरपालिका–१० मा बस्दै आएका थिए ।  श्रेष्ठले नवीन खड्कालाई वैदेशिक रोजगारीका निम्ति अमेरिका पठाइदिने भन्दै ८ लाख असुलेका थिए । उनले खड्कालाई अमेरिका जान ३५ लाख लाग्ने र प्रतिष्ठित होटेलमा काम लगाइदिने भन्दै मासिक तीन लाख रुपैयाँ तलब हुने प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया