
अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
काठमाडौं- एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
दुबईको आइसिसी ओभल-२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रनमा अलआउट भयो ।
अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे। अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि उनले १०६ रन जोडे। उनले १५२ बलमा ८ चौका प्रहार गरे । नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडे ।
बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २/२ विकेट लिए । आकाश चन्द्र र दीपेश कडेलले १/१ विकेट लिए ।



कागजपत्र |
