एटिएम मेसिन फोड्दै गर्दा विराटनगरबाट एकजना पक्राउ


विराटनगर – विराटनगरमा एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोर्डदै गर्दा विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रवक्ता डिएसपी दाहालका अनुसार विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्डदै गर्दा कामत पक्राउ परेका हुन् ।

कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ ।

पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया