सरकारले देखायो गैरजिम्मेवार चरित्रः डा. शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्ययनबिना टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

उनले टिकटक बन्द नगरी नियमन गर्नुपर्ने बताए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए ।

कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाए । नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको नेता कोइरालाको भनाई छ ।

प्रतिक्रिया