
बाँकेमा चल्यो गोली, प्रहरीको गोली लागी एक जना घाइते
बाँके — बाँके प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ ।
प्रहरीको खोजी सूचीमा रहेका बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश रानालाई पक्राउ गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिउको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए।
कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए।
रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ। राना योभन्दा अगाडि पनि अपराधीक कार्यमा संलग्न रहेका थिए।



कागजपत्र |
