तोलामा २ हजार ३०० ले बढ्यो सुनको मूल्य


काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन तोलाको एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेर तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया