डलर देखाएर लुटपाट गर्ने गिरोहमाथि महाशाखाको अपरेशन

गोली प्रहारबाट सिन्धुलीका घलान घाइते


काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी कपनबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति सिन्धुलीका अमर घलान रहेको महाशाखाका एक अधिकृतले बताएका छन् ।

लुट्ने उद्देश्यसहित आएका ५ जनाको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरी नियन्त्रण लिने क्रममा गोली चलाउँदा घलान घाइते भएका हुन् ।

५ जनाको समूहमध्ये घलान र अन्य २ लाई महाशाखाको टोलीले नियन्त्रणमा लिन सफल भए पनि अन्य २ भने फरार भएका छन् ।

महाशाखाका अनुसार उक्त आपराधिक समूह लामोसमयदेखि उपत्यकाका विभिन्न क्षेत्रमा डलर देखाएर लुटपाट धन्दा चलाउँदै आएका थिए । महाशाखाको विशेष अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

गोली लागेर घाइते भएका घलानको साथबाट एक थान पेस्तोल बरामद गरेको महाशाखा प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।

पछिल्लो समय उपत्यकामा यस्ता किसिमका सुन, डलरको नाममा लुटपाट धन्दा बढेपछि महाशाखाले विशेष अपरेशन सुरु गर्दै यस्ता किसिमका घटनाप्रति निर्मम रुपमा प्रस्तुत हुन थालेको छ ।

प्रतिक्रिया