

यी हुन् अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका ३ लुटेरा…

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वर नगरपालिका–३ जगडोलबाट ३ जना लुटेरा पक्राउ गरेको छ ।
लुट्नका लागि पेस्तोल र फलाम काट्ने कैँचीसहित ३ मोटरसाइकलमा हिँडेको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयले चलाएको विशेष अपरेशनमा ३ जना पक्राउ परेका छन् ।
जगडोल नजिकै जम्काभेट भएपछि प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर नियन्त्रणमा लिइएको हो ।
महाशाखाको टोलीले कमलामाई नगरपालिका–२, सिन्धुली घर भएका ३६ वर्षीय अमर घलान, सर्लाहीका शान्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई २ मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीको गोली लागी सिन्धुलीका घलान घाइते भएका छन् । उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूसँगबाट प्रहरीले ७ राउन्ड गोली, पेस्तोल र एक थान फलाम काट्न प्रयोग हुने कैंची बरामद गरेको छ ।
५ जनाको समूहमा रहेको उक्त टोलीका अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले लामो समयदेखि राजधानीलगायतका क्षेत्रमा पेस्तोल लिएर डलर र सुन लुटपाटको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
र यो पनि…
प्रहरीमाथि आक्रमण गर्न लागेपछि प्रहरीले चलायो गोली
डलर देखाएर लुटपाट गर्ने गिरोहमाथि महाशाखाको अपरेशन

