

महाशाखाको अपरेशनः ७ राउण्ड गोली र पेस्तोल बरामद
सिन्धुलीका अमर घलान, सर्लाहीका शान्त लामा र सिन्धुपाल्चोकका जितेन लामा नियन्त्रणमा

काठमाडौं — उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वर नगरपालिका–३ जगडोलबाट नियन्त्रणमा लिएका अमर घलानसहितबाट ७ राउन्ड गोली, पेस्तोल र एक थान फलाम काट्न प्रयोग हुने कैंची बरामद गरेको छ ।
महाशाखाका एक अधिकृतका अनुसार पक्राउ परेका सिन्धुलीका अमर घलानका साथै सर्लाहीका शान्त लामा र सिन्धुपाल्चोकका जितेन लामा रहेका छन् । उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जनाए ।
गोली लागी घाइते भएका घलानको दाहिने खुट्टामा गोली लागेको छ । उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) अस्पतालमा उपचार भइरहेको छ । घटनामा अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
र यो पनि…
प्रहरीमाथि आक्रमण गर्न लागेपछि प्रहरीले चलायो गोली
डलर देखाएर लुटपाट गर्ने गिरोहमाथि महाशाखाको अपरेशन

