दोलखामा भेटिएको सुन तस्करीमा संलग्न युवक काठमाडौंबाट पक्राउ


काठमाडाैं – दोलखाको लामाबगरबाट सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार बिगु गाउँपालिका– ३ बाट तस्करीको चार किलो सुन बरामद गरेको थियो। तस्करीमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान भइरहेको र थप सुनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। तामाङको साथबाट २ थान मोबाइल पनि बरामद गरिएको जनाइएको छ ।

तस्करीको अनुसन्धानका लागि सिआइबीको टोली पनि दोलखा पुगेको छ।

 

प्रतिक्रिया