‘हाम्रो कला हाम्रो संस्कृति’मा मदनकृष्णदेखि प्रकाश सपूतसम्मको प्रस्तुति रहने


काठमाडौं – सांस्कृतिक संस्थान नाचघर जमलमा एक वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिल्स होम थिएटरको आयोजनामा भोलि (शुक्रबार) हुने ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका दर्जन बढी कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डवी त्रिपाठी, राधिका हमाल, जीतु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायतको प्रस्तुति रहनेछ ।

सास्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य रहेको वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माले बताए ।

उक्त अवसरमा कला, संस्कृति, भाषाको क्षेत्रमा योगदान पुर्याउने कलाकारहरुलाई सम्मान गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया