मोरङ जिल्ला अदालतबाटै दुई थुनुवा फरार


विराटनगर – जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् ।

लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका(४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ ।

म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो ३ः३० बजेतिर उनीहरु फरार भएको जनाइएको छ ।

प्रतिक्रिया