

मंगलबार सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, तोलाको कति ?

काठमाडौँ – मंगलबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर प्रतितोला ९० हजार १०० रुपैयाँमा कायम गरिएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

