डडेलधुरामा २ कक्षामा अध्ययनरत छात्रा करणीको आरोपमा शिक्षक पक्राउ


डडेल्धुरा — २ कक्षाकी बालिकालाई बलात्कार गरेको अभियोगमा डडेल्धुरामा एकजना शिक्षक पक्राउ परेका छन् ।

डडेलधुरास्थित जन्यापधुरा गाउँपालिका वडा नं. ४ को भुवनेश्वर माविका ४७ वर्षीय शिक्षक सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि करणी गरेको आोपमा पक्राउ परेका हुन् ।

ती बालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया