गोरखा बारपाकका एकै परिवारका तीनजनाको मृत्यु


गोरखा – गोरखा जिल्लाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ का एक वृद्ध र एक महिला र एक बालिका मृत भेटिएको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

सोमबार अबेरसम्म पनि नउठेपछि छिमेकीले हेर्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्। उनीहरुको मृत्यु हत्या जस्तो नदेखिएको र मुखमा फिँज देखिएकोले विष सेवन वा अन्य केही विषालु खानाकै कारणले मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान सुरु गर्न लागिएको पनि गुरुङले बताए ।

 

प्रतिक्रिया