गैरे सुरेशको तीज गीत ‘हात्ती आयो लसलस’ सार्वजनिक


काठमाडौं – नजिकिँदै गईरहेको तीजका अवसरमा सांगीतिक दुनियाँमा गैरे सुरेशका नामले परिचित सुरेश गैरेले ‘हात्ती आयो लसलस’ ल्याएका छन् ।

पार्वती गैरेका स्वर रहेको उक्त गीतमा शब्द र संगीत सुरेशको रहेको छ । नरेन्द्र वियोगीको एरेन्जमा सार्वजनिक गरिएको उक्त गीत फुलबारी नेपालको युट्युवबाट सार्वजनिक गरिएको छ ।

लामोसमयदेखि आधुनिक गीतमा स्वर र संगीत दिने गरेका गैरेले यसपटक तीज गीतमा पनि संगीत र शब्द कोरेका छन् । संचीता बाेलाखेको मुख्य अभिनय रहेको उक्त भिडियोको निर्देशन संगीत सागर बुर्गाले गरेका छन् ।

गैरेले केही साता अघि भोले शंकर तिम्रो रुपै भयंकर बोलको शिवभजन पनि सार्वजनिक गरेका थिए ।

सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।

उनले संगीत गरेका गीत/गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।

सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् ।

भिडियोः

प्रतिक्रिया