यस्तो छ कमिलो र चमेरो ग्याङको कथा

को हुन् कारागारमै हत्या भएका तरूण दलका पौडेल र आम माफी पाउनेहरू? 


काठमाडौं– तत्कालिन नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गर्दै आम माफी दिने सरकारको निर्णय अहिले विवादमा तानिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा उनीहरूलाई आम माफी दिएकी थिइन्। पौडेलपत्नी बिनुले पत्रकार सम्मेलन गरेरै जन्म कैदको सजाय तोकिएकालाई कैद मिनाहा गरी पीडितमाथि अन्याय गरेको आरोप लगाइन्।

राष्ट्रपतिको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउने बिनुले बताइन्। ‘न्याय खोज्नका लागि अब हामी आन्दोलनमा पनि जानेछौं’, बिनुको कथन थियो।

साजय भोगीरहेका मध्ये फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको कैद मिनाहा गर्ने निर्णय भएको थियो।

कमिलो ग्याङका पौडेल, चमेरो ग्याङका हत्यारा

चितवनमा गुन्डागर्दीमा सक्रिय दुई ग्याङको प्रायः लफडा परिरहने गरेको थियो। त्यस मध्ये कारागारमा सजाय भोगीरहेका पौडेलको हत्या चमेरो ग्याङले गरेको थियो।

केसी २० असार २०६७  मोक्तान ३ भदौ २०६७ र श्रेष्ठ २२ साउन २०६७ मा नियन्त्रणमा लिइएका थिए।

पौडेल माथि  चितवन जिल्ला कारागारभित्रै आक्रमण भएको थियो। उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पौडेललाई कारागारमा आक्रमण गर्ने उनीहरू त्यतिखेर उनकै भाइ गोविन्द पौडेलको हत्याको अभियोगमा सोही कारागारमा थिए। तर उनीहरूले उक्त मुद्दामा भने अदालतबाट सफाइ पाएका थिए।

पौडेल कमिलो ग्याङका थिए। चमेरो ग्याङका पौडेल सञ्जय लामाको हत्यामा पूर्पक्षका लागि थुनामा थिए। त्यसैको प्रतिशोध लिन चमेरो ग्याङले उनीमाथि आक्रमण गर्दा मृत्यु भएको थियो।

कमिलो नेपाली कांग्रेसका युवाहरू आवद्ध समूह हो भने चमेरो युवा संघ आवद्ध समूह हो। अहिले भने यी समूहका नामा पौडेलको हत्यासँगै अस्तित्वमा नरहेको बताइन्छ।

प्रतिक्रिया