

धनुषाका लक्ष्मेश्वर दासः आफ्नै भान्जाको अपहरण, दिदीसँग १ करोड फिरौती माग

जनकपुर– धनुषामा आफ्नै भान्जाको अपहरण गरी १ करोड फिरौती माग गर्ने लक्ष्मेश्वर दासलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।
धनुषा नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरी फिरौती माग्ने महोत्तरीको पिपरा गाउँपालिका– ७ घर भई जनकपुर उपमहानगरपालिका–७ बस्ने २० बर्षीय लक्ष्मेश्वरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।
अनुसन्धानका क्रममा प्रहरीले अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको हो। चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए ।
कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदीलाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । एक करोड फिरौती माग गरेका लक्ष्मेश्वरले केही रकम भए पनि लैजाने तयारी गरेका थिए।

