चर्चित भ्लगरद्वय MRB र सुरक्षा विवाह बन्धनमा बाँधिदै


काठमाडौं – नेपालका चर्चित मोटो भ्लगर विविद जंग शाही अर्थात् (MRB  Vlog) र अर्की मोटो भ्लगर सुरक्षा केसीबीच विवाह हुने भएको छ ।

उनीहरुको सोमबार पोखरामा इन्गेजमेन्ट भएको उनीहरुका पारिवारिक स्रोतले जनाएको छ ।

उनीहरु दुवै जना नेपालका चर्चित मोटो भ्लगर हुन् । उनीहरु दुवै जना देशका विभिन्न विकट हिमाली भागमा समेत मोटो भ्लगिङ गर्दै आइरहेका छन् ।

MRB नेपालका मोटो भ्लगरहरुमध्ये युट्युबमा एक मिलियन सब्स्क्राइब हुने पहिलो र एकमात्र भ्लगर हुन् ।

सुरक्षा भने मोटो भ्लगिङका अलावा नेपालकी चर्चित बक्सर खेलाडी समेत हुन् । उनले केही समयअगाडि भारतीय बक्सरसँगको प्रतियोगितामा जित हात पार्दै नेपाललाई सफलता दिलाएकी थिइन् ।

प्रतिक्रिया