

हलिउडका फेम अभिनेता ड्यारेन केन्टको निधन

काठमाडौं – हलिउडका ‘गेम अफ थ्रोन्स’ फेम अभिनेता ड्यारेन केन्टको निधन भएको छ । ‘गेम अफ थ्रोन्स’ सहित ‘डन्जियन्स एन्ड ड्रेगन्स: अनर एमंग थिव्स’ र ‘इस्टएन्डर्स’ जस्ता फिल्महरूमा जीवन्त अभिनय गरेका ड्यारेनको ३९ बर्षको उमेरमा निधन भएको हो ।
उनको एजेन्सी केरी डोड एसोसिएट्सले अभिनेताको मृत्युको खबर पुष्टि गर्दै भनेको छ- ‘धेरै दुःखका साथ हाम्रा प्रिय साथी ड्यारेन केन्टको गत शुक्रबार निधन भएको जानकारी गराउन चाहन्छौं । उनका आमाबुबा र असल साथीहरू उनीसँगै थिए । यस दुःखद घडीमा हाम्रो विचार र माया उहाँको परिवारसँग छ ।’
ड्यारेन केन्टको जन्म एसेक्स, दक्षिण पूर्व इङ्गल्याण्ड, लन्डन र उत्तरी सागरको बीचमा भएको थियो । उनले सन् २००८ मा हरर फिल्म मिरर्सबाट लोकप्रियता पाएका थिए । त्यसपछि उनी यमी अवार्ड जितेको फिल्म‘गेम अफ थ्रोन्स’मा अभिनय गरेका थिए । ड्यारेन डन्जियन्स एण्ड ड्र्यागन्स बाहेक, ‘स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान’, ‘मार्शलको कानून’, ‘ब्लडी कट्स’, ‘ब्लड ड्राइभ’, ‘लेस मिसरेबल्स’, ‘ग्रीन फिंगर्स’, ‘इस्ट एन्डर्स’, ‘ह्याप्पी आवर्स’ जस्ता धेरैले फिल्ममा अभिनय गरेका थिए ।
अभिनय मात्र होइन, ड्यारेन अवार्ड विजेता निर्देशक र लेखक पनि हुन् । उनले सन् २०२१ मा ‘यु नो मी’ बनाएका थिए जसका लागि उनको धेरै प्रशंसा पनि भएको थियो ।
ड्यारेनको मृत्यु के कारणले भयो भन्ने बारे अहिलेसम्म कुनै ठोस जानकारी छैन । तर, ड्यारेन लामो समयदेखि ओस्टियोपोरोसिस र छालासम्बन्धी समस्याबाट पीडित रहेको बताइएको छ । उनको छालासम्बन्धी समस्या निकै दुर्लभ भएको बताइएको छ ।

