गायिका इन्दिरा जोशी दुई बर्षदेखि प्रेममा, बिहे कहिले?


काठमाडौं– गायिका इन्दिरा जोशी दुई बर्षदेखि प्रेममा रहेको खुलेको छ। उनले फेसबुकमार्फत प्रेमको खुलासा गर्दै प्रेमीले दिएको उपहारको रिङ पनि सार्वजनिक गरेकी छन्।

‘म तिम्रो तारा र तिमी मेरो जुन भन्छन्, हामी दुई बर्षदेखि प्रेममा छौं’, उनले खुलाएकी छन्।

२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं भनेर लेखेकी उनले बिहे पनि प्रेमीसँगै हुने संकेत गरेकी छन्। तर प्रेमी को हुन् भन्ने नाम र तस्बिर खुलाएकी छैनन्, उनले।

प्रतिक्रिया