सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर बरार पक्राउ


एजेन्सी – सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरार पक्राउ परेका छन् । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेको बताइएको छ ।

बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने धम्की दिएका थिए ।

प्रतिक्रिया