सञ्चारकर्मी खड्काका २ देउडा गीत सार्वजनिक


काठमाडौं– सञ्चारकर्मी तथा गीतकार डिबी खड्काको शब्द रहेका दुई डेउडा गीत युट्युवमार्फत् सार्वजनिक भएका छन्।

गायक सुनिल नेपाली र गायिका रेखा जोशीको आवाजमा ‘लाउकी मायाजाल’ तथा गायिका अनिता चलाउने र गायक रवि ओडको आवाजमा ‘कर्णाली पारीको गीत सार्वजनिक भएका हुन्।

‘लाउकी मायाजाल’मा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द रहेको छ।

गीतलाई कटक नेपालीले संगीत दिएका छन् भने केशव बाबुले एरेन्ज गरेका छन्।

गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्। भिडिओ प्रकाश खड्काले खिचेका छन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन्।

प्रतिक्रिया