

रेखा बनिन् राप्रपा महिला विभाग उपप्रमुख

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत महाधिवेशनबाट महामन्त्री निर्वाचित कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र कुन्तीसँग पराजित रेखा थापालाई उपप्रमुख मनोनयन गरेका छन् ।
राप्रपा विधानअनुसार महामन्त्री शाहीलाई प्रमुख र रेखालाई उपप्रमुख मनोनयन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनमा कमल थापा पक्षबाट उम्मेदवार बनेकी कुन्तीसँग लिङ्देन पक्षकी उम्मेदवार रेखा पराजित भएकी थिइन् ।
रेखा गत निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष उम्मेदवार बनेर तेस्रो भइन् ।
राप्रपा महिला विभागको सदस्य सचविमा सावन्ता थापा र सदस्यमा नानु लामा, सरस्वती लामा, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर मनोनीत भएका छन् ।

