

कुलपति उप्रेतीद्वारा एकैसाथ चार कृतिको विमोचन

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एकैसाथ चार कृतिको विमोचन गरेका छन्।
विजयध्वज थापाको ‘हिजो आज’, रुद्र अधिकारीको ‘विघटित सपना’, ‘उदाङ्गो क्षितिज’ र रविन्द्र आशिष शैलीको ‘मध्यान्तर’ मुक्तक संग्रह उप्रेतीले विमोचन गरेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा नै भएको कार्यक्रममा प्राज्ञहरु सदस्य सचिव जगतप्रसाद उपाध्याय, डा.हेमनाथ पौडेल र डा. देवी नेपालको पनि उपस्थिति रहेको थियो।
उषा ठाकूर, गजलमाली ज्ञानुवाकर पौडेल, साहित्यकार त्रिपुरा पौडेल र बरिष्ठ साहित्यकार ठाकुर शर्मा सहितको उपस्थितिमा विमोचन गरिएको थियो।
मुक्तकका सन्दर्भमा गजलमाली पौडेललगायतले प्रशंशा गरेका थिए। ४५ मिनेटमा सकिएको कार्यक्रममा कुलपति उप्रेतीले लेखकलाई बधाई दिए।

