

ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

स्याङ्जा – खाना पकाउने ग्यास चुहावट (लिक) का कारण आगलागी भएको छ। हरिनास गाउँपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन्।
गएराति करिब ९ बजे हरिनास-६ क्याक्मी/हटियाका ६० वर्षीय नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
आगलागीमा परेर ६० वर्षीय गोरोनारायण मानन्धर, ३४ का खिम नारायण मानन्धर र २० का विशाल मानन्धर घाइते छन्। तीनै जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्कीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।

