

बलात्कारको आरोपमा अनुसन्धान विभागका सूचक पक्राउ

काठमाडौं – बलात्कारको अभियोगमा राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एसपी सीताराम रिजालले जनाए ।
सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुने क्रममा विवाह गर्ने प्रलोभन देखाई पौडेलले पीडितको कोठामा गएर इच्छाविपरित करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार पौडेल कानुन व्यवसायी समेत हुन् ।

