‘राधे श्याम’को टिजर सार्वजनिक


मुम्बई – साउथ स्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक  भएको छ। भ्यालेन्टाइन डेको अवसर पारेर  ‘राधे श्याम’को टिजर सार्वजनिक भएको हो।

टिजर सँगै  फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी ३० जुलाई मा प्रदर्शनमा आउने छ।

चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन्। चलचित्रमा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

प्रतिक्रिया