


हर्क साम्पाङले धरानमा पनि रोके ‘आदिपुरुष’

धरान — हिन्दी चलचित्र आदिपुरुष धरान उपमहानगरभित्र पनि प्रदर्शन नहुने भएको छ ।
धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा ‘धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !’ लेखेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाएपछि पोखरा र धरानका मेयरहरुले पनि आदिपुरुषका लागि प्रतिबन्ध लगाएका हुन् ।

