

बालेनलाई पछ्याउँदै धनराज, पोखरामा पनि ‘आदिपुरुष’लाई रोक

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पछ्याएका छन् ।
भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा आचार्यले गरेका हुन् ।
पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर आचार्यले बालेनको निर्णय पोखरामा पनि लागू गर्ने निर्देशन दिएका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

